काठमाडौं–झापाबाट काठमाडौं आएर आफ्नो दैनिक चलाएर बसेका इन्द्रमणि गिरीलाई आफूले विभिन्न शिर्षकमा तिरेको करको सदुपयोग भएको छ कि छैन भन्ने कुराको जानकारी नै छैन ।
उनले हरेक वर्ष खुरुखुरु कर तिर्ने र आफूले तिरेको कर भने सरकारले कसरी सदुपयोग गरिरहेको छ भन्ने चाहिँ थाहा नभएको बताउँदै अर्का व्यक्ति कमला गिरीले पनि करको सदुपयोगबारे अनविज्ञता जनाइन् । जनताले देशका विभिन्न सेवा, सुविधा उपभोग गरेपछि राज्यलाई कर तिर्नुपर्छ । कर तिर्नु नागरिकको दायित्व पनि हो । यही दायित्व निर्वाह गर्दा मात्र देशप्रति नागरिकको कर्तव्य पूरा हुन्छ ।
नागरिकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राज्यलाई कर तिरिरहेको हुन्छ । दैनिकीको क्रममा हामीले उपभोग गर्ने विभिन्न सामानहरुदेखि लिएर प्रयोग गर्ने साधकहरुको प्रयोग हुँदा पनि राज्यलाई कर गइरहेको हुन्छ । यही कर सरकारको आम्दानी वा राष्ट्रको राजस्वमा फेरिन्छ । त्यही राजस्व विभिन्न शिर्षकमा बाँडफाँट भएर देशको प्रशासनिक काम, आर्थिक काम, विकास निर्माणका काम, शैक्षिक काम तथा भैपरी आउने काम सञ्चालन भैरहेका हुन्छन् ।
काम परेको बेला वा कामलाई फत्ते गर्ने बेलामा कर तिर्ने तर त्यही आफूले मिहिनेत गरी कमाएको केही भाग गरी तिरेको करको प्रयोग कसरी, कहाँ, के भैरहेको छ ? भन्ने सोधीखोजी गर्ने चेतना आम नागरिकमा छैन । अतः आफूले तिरिरहेको कर कसरी र कहाँ खर्च भैरहेको छ ? भन्ने खोज्नु अनि सम्बन्धित निकाय र व्यक्तिसँग सोध्नु आवश्यक छ ।
हामीले शिक्षा कर भनेर तिर्ने गरेको के सबै रकम शिक्षामा पूर्णत ः खर्च हुन्छ ? यो बारेमा चासो नै कम हुने गरेको छ । भरत थापालाई पनि आफूले तिरिरहेको करको राम्ररी सदुपोग भैरहेको जस्तो लाग्दैन । उनले आफूले तिरीहरुको करको सदुपयोग भएको भए दुईथरीको शिक्षा नै नहुने तर्क गरे ।
भरत, कमला र इन्द्रमणिले उक्त कुरा बताए पनि दुर्गा फुँयालले भने आफूले तिरिरहेको करबाटै देश चलिरहेको, कर्मचारी प्रशासन चलिरहेको बताए । उनीहरुले तिरीरहेको करलाई शिक्षामा लगानी गर्न सकेको खण्डमा स्थानीय तहमा आएको शिक्षाको अधिकारलाई मजबुत बनाउन सकिने उनीहरुको ठम्याइ छ ।
हुन त कर लिएको यसमा मात्र खर्च गर्ने, त्यसमा मात्र खर्च गर्ने भन्ने नहुने सुष्मा सापकोटा बताउँछिन् । उनले शिक्षामा सरकारले गरेको लगानीअनुसारको प्रतिफल नभएको बताइन् । उनले आफूले तिरिरहेको करको पूर्ण सदुपयोग नभएको बताए ।
त्यस्तै सरोज प्रजापतिले पनि मिहिनेत गरेर तिरेको करका केही हिस्सा शिक्षामा जानुपर्नेमा नगएको बताए । श्याम श्रेष्ठले तिरिरहेको कर राम्रो नभएको प्रति गुनासो गर्दै शिक्षा लथालिंग भएको बताए ।
स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिन्छन् शिक्षा मन्त्रालयका करसम्बन्धी जानकार एवं प्रवक्ता डा. हरिप्रसाद लम्साल । स्थानीय सरकारले शिक्षाका लागि आफ्नै रकम, प्रदेश र केन्द्रबाट आउने बजेटलाई शिक्षामा लगाउन सकिने बताए ।
प्रतिक्रिया