काठमाडौं– शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरुलाई तीन दिनभित्र खटाइएको स्थानीय तहमा हाजिर हुन जान शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आइसकेपछि शिक्षाका कामहरु सम्पन्न गर्न शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरुलाई शिक्षा मन्त्रालयले गत साउन २ गते नै खटाए पनि खटाएको ठाउँमा नगइकन आलटाल गरिरहेको भन्दै मन्त्रालयले स्थानीय तहमा खटाईएका शिक्षा सेवाका कर्मचारीहरुका लागि हाजि हुन जानेबारेको सूचना मंगलबार प्रकाशन गरेको थियो ।
स्थानीय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बमोजिम कर्मचारी खटाउँदा पनि कर्मचारी सम्बन्धित ठाउँमा नजाँदा स्थानीय तहको शैक्षिक व्यवस्थापनमा समस्या भएको छ । सोही समस्यालाई समाधान गर्ने हेतुले त्यस्तो किसिमको निर्देशन दिइएको मन्त्रालयका उपसचिव दीपक कोइरालाले बताए ।
उनले शिक्षा सेवाका कर्मचारीलाई स्थानीय तहमा पठाउन २०७४ साउन २ गते उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा बैठक बसी स्थानीय तहमा हाजिर हुन जान निर्देशन दिए पनि खटाइएको ठाउँमा कर्मचारी नगएपछि सोको कारण बुझ्न पनि उक्त निर्देशन दिएको जनाएका छन् । मन्त्रालयल जारी गरेको निर्देशनमा समयभित्र हाजिर नहुने र हाजिर हुन नसक्नुको कारण पनि माग गरेको छ ।
प्रतिक्रिया