काठमाडौं– अन्ततः अस्थायी शिक्षकका लागि लिन लागिएको परीक्षा मंगलबार स्थगित भएको छ । प्रधानमन्त्री कार्यालयले परीक्षा स्थगित गर्न निर्देशन दिएपछि शिक्षक सेवा आयोगले परीक्षा आउन ४ दिन बाँकी रहँदा परीक्षा स्थगित गरेको हो ।
व्यवस्थापिका संसदमा शिक्षा ऐन २०२८ लाई संसोधन गर्न टेबल भएपछि परीक्षा स्थगित भएका हो । गत मंगलबार टेबल भएको संसोधन कस्तो छ ? दर्ता भएको विधेयक जस्ताको तस्तै –
शिक्षा ऐन, २०२८ लाई संसोधन गर्न बनेको विधेयक
प्रस्तावना: शिक्षा ऐन, २०२८ लाई संसोधन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “शिक्षा (नवौं संसोधन) ऐन, २०७४“ रहेको छ ।
(२) यो ऐन तरुुन्त प्रारम्भ हुनेछ ।
२. शिक्षा ऐन, २०२८ को दफा ११च. मा संसोधन : शिक्षा ऐन, २०२८ को दफा ११च. को,–
(१) उपदफा (१) को खण्ड (ख) को,–
(क) उपखण्ड (३) को सट्टा देहायको उपखण्ड (३) राखखएको छ:
“(३) संवत २०६१ साल साउन २२ गते देखख २०६७ साल माघ ९ गतेसम्म रिक्त रहेका शिक्षक दरवन्दीमा अस्थायी शिक्षकको रुपमा नियुक्त वा सो दरवन्दीको लियन पदमा अस्थाई वा सट्टा शिक्षक वा आधारभतू तथा प्राथमिक शिक्षा परियोजना अन्तर्गत नियुक्त भई संवत २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत अस्थाई शिक्षक,“(ख) उपखण्ड (३) पनछ देहायको उपखण्ड (४) थवपएको छ :–
“(४) संवत २०६७ साल माघ १० गतेदेखि २०७३ साल चैत्र १९ गतेसम्म रिक्त रहेको कूल दरबन्दीको साठी प्रशिशत पदमा त्यस्तो दरवन्दीमा अस्थायी शिक्षकको रुपमा नियुक्त वा सो दरवन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकको रुपमा नियुक्त भई संवत २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षक ।“(२) उपदफा (२) मा रहेका “उपखण्ड (३) बमोजिम छुट्याइ बाँकी रहेको एकाउन्न प्रतिशत दरबन्दीमा“ भन्ने शब्दहरूको सट्टा “उपखण्ड (४) बमोजिम छुट्याइ बााँकी रहेको चालीस प्रतिशत दरबन्दीमा “भन्ने शब्दहरू राखिएका छन् ।
(३) उपदफा (३) मा रहेका “उपखण्ड (१), (२) र (३)“ भन्ने शब्दहरूको सट्टा “उपखण्ड (१), (२), (३) र (४)“ भन्ने शब्दहरू राखिएका छन् ।
(४) उपदफा (५) मा रहेका “उपखण्ड (१), (२) र (३)“ भन्ने शब्दहरूको सट्टा “उपखण्ड (१), (२), (३) र (४)“ भन्ने शब्दहरू राखिएका छन् । (५) उपदफा (८) झिकिएको छ ।
(६) उपदफा (९) मा रहेका “उपदफा (८) बमोजिम निवेदन दिने अस्थाई शिक्षकको उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हुने“ भन्ने शब्दहरूको सट्टा “संवत् २०७३ साल असार १५ गतेसम्म अविच्छिन्न रुपमा कार्यरत रहेका अस्थायी शिक्षकले स्थायी पदको लागि भएको विज्ञापनमा दरखास्त नदिएमा वा दरखास्त दिए पनि स्थायी पदमा आयोगबाट नियुक्तको लागि सिफारिस हुन नसकेमा त्यस्ता शिक्षकलाई उपदफा (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्याशंं बमोजिम भएको “भन्ने शब्दहरू राखिएका छन् ।
(७) उपदफा (१०) मा रहेका “प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१) र (२)“ भन्ने शब्दहरूको सट्टा “प्रतिबन्धात्मक वाक्यंशं “भन्ने शब्दहरू राखिएका छन् ।
प्रतिक्रिया