काठमाडौं - संशोधन भएको १६ महिनामै शिक्षा ऐनमा फेरी संशोधन प्रकृया शुरु भएको छ । संसदमा दर्ता भएको शिक्षा ऐन संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । सोमबार बसेको संसद बैठकको दोश्रो सत्रमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रस्तुत गरेको शिक्षा नवौं संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव माथि सैद्धान्तिक छलफल गर्दै सांसदहरुले यो संशोधनको औचित्य नभएको बताएका थिए ।
सोमबार बसेको संसद बैठकको दोश्रो सत्रमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रस्तुत गरेको शिक्षा नवौं संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल गर्दै सांसदहरुले यसको औचित्य नभएको बताएका थिए । आठौं संशोधनले नै अस्थायी शिक्षक समस्या समाधानको ब्यवस्था गरेको अवस्थामा संशोधन गरेर नवौं संशोधन गर्नुको तुक नभएको सांसदहरुको दावी थियो ।
संसदमा कुन सांसदले के भने हेर्नुहोस् भिडियो ।
शिक्षा ऐन नवौं संशोधनमा संसदमा भएको छलफल
प्रतिक्रिया