Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

कक्षा १२ को रिजल्ट आज, नतिजा एडुखबरमा

विहीबार, १५ भदौ २०७४

भक्तपुर - कक्षा १२ को नतिजा बिहीबार प्रशाशित हुँदैछ । बाँकी रहेका ब्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशनका सबै तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्ड श्रोतले जनाएको छ । यसका लागि दिउँसो ५ बजे बोर्ड बैठक डाकिएको उक्त श्रोतले जनाएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्ना साथ विद्यार्थी तथा अभिभावकले एडुखबरबाट नतिजा थाह पाउन सक्नेछन् ।

नतिजा प्रशानका लागि बोर्ड र एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाविच यस अघि नै सम्झौता भईसकेको छ ।

गत बैशाख १० गते भएको परीक्षामा  सहभागि हुन साढे ३ लाख परीक्षार्थीले फारम भरेका थिए । राष्ट्रिय परीक्षा बोर्डले  विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको थियो ।

प्रतिक्रिया