भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ब्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्र्तगत परीक्षामा सहभागि १ लाख ९३ हजार १ सय २५ मध्ये ८१ हजार ७ सय ५८ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
यो ४२ दशमलव ३३ प्रतिशत हो । गत बर्ष ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७५ हजार ५ सय ९३ सम्मिलित भएकोमा ८४ हजार ५ सय ९३ जना उत्र्तिर्ण भएका थिए । यो बर्ष ७७ जनाको परीक्षा रद्ध भएको छ ।
यस्तै आँशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ मध्ये ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । यो ३५ दशमलव ७४ प्रतिशत हो । गत बर्ष आँशिकमा ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका थिए ।
नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो ५ बजे डाकिएको बोर्ड बैठक एक घण्टा पछि बसेको थियो । झण्डै अढाई घण्टा लामो चलेको बैठकमा परीक्षा रद्ध भएका विद्यार्थीका बारेमा निर्णय गर्ने बारेमा लामो छलफल भएको श्रोतले जनाएको छ । आँशिकका ३८ र नियमिमता ७७ जना विद्यार्थीको परीक्षाफल रद्ध भएको छ ।
तपाईले माथिको बक्समा आफ्नो सिम्बोल नम्बर टाईप गरेर नतिजा थाहा पाउन सक्नु हुनेछ ।
नतिजा प्रकाशनका लागि बोर्ड र एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाविच यसअघि नै भएको सम्झौता भए अनुसार हामीले नतिजा प्रकाशनको जिम्मा पाएका हौं ।
परीक्षा गत बैशाख १० गते भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।
प्रतिक्रिया