काठमाडौं - मंगलबार बसेको संसदको दोश्रो बैठकमा शिक्षा ऐन संशोधन विधेयकका विषयमा छलफल जारी छ । फेल भएपनि सुविधा पाउन पर्ने तथा प्रतिष्पर्धाको दायरामा परिवर्तन लगायत अस्थायी शिक्षकका माग सम्बोधन गर्ने बहानामा शिक्षा मन्त्रालयले ऐन संशोधन प्रकृया शुरु गरेको थियो ।
उक्त प्रकृयाका विषयमा संसदको पहिलो बैठक पछि तीन दल काँग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरु बीच संशोधन पारित गर्ने सहमती भए अनुसार संशोधनकर्ता सांसदहरुले आआप्नो विचार राखिरहेका छन् ।
राजनीतिका आड भरोसा भएका शिक्षकलाई नचिढ्याउने बहानामा सत्तारुढ दल काँग्रेस र माओवादीलाई प्रमुख प्रतिपक्षी दल एमालेले पनि साथ दिदाँ योग्य शिक्षक छनौट गरेर सार्वजनिक शिक्षा सुधार गर्ने अवसरबाट मुलुक बञ्चित हुने मार्ग प्रसस्त भएको छ ।
प्रतिक्रिया