Edukhabar
मंगलबार, १० भदौ २०८२
खबर/फिचर

शिक्षकलाई अन्तर्राष्ट्रिय पुरस्कार, आवेदनका लागि चार दिन बाँकी

बुधबार, १८ असोज २०७४

काठमाडौं - प्रत्येक वर्ष शिक्षकलाई दिईने अन्तर्राष्ट्रिय पुरस्कारका लागि यस बर्ष आवेदन दिने म्याद चार दिन मात्रै बाँकी छ ।

लण्डनस्थित भार्की फाउण्डेशनले ग्लोबल टिचर प्राइज प्रदान गर्दै आएको छ ।

शिक्षण पेशामा संलग्न जोकोहीले पनि सो पुरस्कारको लागि आवदेन दिन सक्नेछन् । त्यसका लागि स्वयम् शिक्षकले पनि आवेदन भर्न सक्नेछन् । 

अन्य कुनै शिक्षकलाई सो पुरस्कारको लागि सिफारिश पनि गर्न सकिने छ ।

शिक्षण पेशमा असाधारण योगदान दिएका व्यक्तिलाई एक लाख अमेरिकी डलरसहित फाउण्डेशनले पुरस्कृत गर्दै आएको छ ।

विस्तृत जानकारीका लागि : Global Teacher Prize 2018

प्रतिक्रिया