भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक नै उपयुक्त रहेको बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकको क्रममा सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्दै अध्यक्ष बिजुक्छेंले उक्त कुरा बताएका हुन् ।
शिक्षा ऐनको नवौं संसोधन विधेयकले नयाँ र योग्य पुस्तालाई पछाडि धकेल्ने गरी विधेयक ल्याउनु सट्टा अयोग्य अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक दिनु उत्तम रहेको उनको भनाइ छ ।
संसदबाट राष्ट्रपति कार्यालयमा पुगेको सो विधेयकले नेपालको शिक्षा राम्रो हुन नसक्ने बताउँदै उनले सरकारमा गएका विभिन्न दलका शिक्षामन्त्री तथा अन्य मन्त्रीहरुले आफू पदमा रहेको मौका छोपी पार्टीका अयोग्य कार्यकर्ता, युवा तथा विद्यार्थीलाई शिक्षण पेशाम┌ा हुल्दा अस्थायी शिक्षक समस्या बढ्दै गएको पनि बताए ।
अयोग्य शिक्षकबाट पठनपाठन हुनु भनेको नयाँ पुस्तालाई पछाडि पार्नु नै भएको दोहोर्याउँदै अध्यक्ष रोहितले शिक्षण जस्तो पेशाका लागि योग्य शिक्षकको विकल्प नभएको पनि बताए ।
शिक्षण पेशाका लागि नथाक्ने जनशक्तिको खाँचो भएको औंल्याउँदै उनले अयोग्य भएका शिक्षकहरु चाँडै थाक्ने भएकोले पनि अयोग्य शिक्षकलाई यथासक्य छिटो शिक्षण पेशाबाट टाढा राख्नु जरुरी भएको बताए ।
शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकले लामो समयसम्म पठाएकै आधारमा एकपटकका लागि भन्दै मौका दिने कामलाई राम्रो नभएको टिप्पणी गरे । ‘अहिले जे भैरहेको छ, राम्रो भैरहेको छैन ।’ उनले भने ।
फरक प्रसंगमा उनले एमाले, माओवादी र नयाँ शक्तिबीचको तालमेलमा भारतीय विस्तारवादकै हात रहेको जनाए ।
प्रतिक्रिया