Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

पूर्व शिक्षा सचिवसँग अख्तियारले लियो बयान

आइतबार, १९ कार्तिक २०७४

काठमाडौं - पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डितसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । पण्डित ऊर्जा सचिव भएका बेला विद्युत प्राधिकरणको ट्रान्सर्फमर खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उनीसँग बयान लिएको हो ।

पण्डित अवकास हुने बेलामा शिक्षा मन्त्रालयमा थिए । उनी उमेर हदका कारण निजामती सेवाबाट गत बर्ष साउनमा अवकास भएका थिए ।

चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक कम्पनीबाट उत्पादित ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्धाको अनुसन्धानका क्रममा आयोगले आईतबार पूर्व सचिव पण्डित सहित पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र सचिव अर्जुनकुमार कार्कीसँग पनि बयान लिएको अख्तियार श्रोतले जनाएको छ ।  उनीहरु तीनै जना ऊर्जा सचिव रहँदा गरेको निर्णयका आधारमा अख्तियारले बयान लिएको हो ।

उक्त निर्णय गरेको पहिलो बैठकको अध्यक्षता तत्कालीन ऊर्जा सचिवको हैसियतमा पण्डित र दोस्रोमा क्षत्रीले गरेका थिए ।

अदालतमा मुद्धा विचाराधीन रहँदा मध्यस्थकर्ता नियुक्ती गरेको र मुद्धा प्रभावित पार्न खोजेको अख्तियारको दावी छ । उक्त निर्णयबाट कुनै उपलब्धि नभएको र झण्डै अढाइ करोड रुपैंया बेकारमा खर्च भएको अख्तियारको दावी छ ।

प्रतिक्रिया