भक्तपुर - कक्षा ८ को परीक्षा सञ्चालनका लागि स्थानीय तहलाई आवश्यक सहयोग गर्न शिक्षा विभागले आफू मातहतका निकायलाई निर्देशन दिएको छ ।
माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय तह मातहत हुने संवैधानिक ब्यवस्था कार्यान्वयन गर्न क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई विभागले निर्देशन दिएको हो ।
अहिले सम्म जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्दै आएका उक्त परीक्षा स्थानीय तहको क्षेत्राधिकार भित्र रहेको स्मरण गर्दै विभागले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोग पुर्याउन निर्देशन दिएको छ ।
कक्षा ८ को परीक्षा सञ्चालन, अनुगमन तथा ब्यवस्थापनका विषयमा सम्बन्धित जिल्ला समन्वय समितिलाई आवश्यक जानकारी गराउन विभागले भनेको छ ।
निर्देशन दिएको छ ।
उक्त परीक्षाका सन्दर्भमा गत आईतबार सचिवस्तरीय निर्णय भएको थियो । उक्त निर्णमा सबै जिशिअलाई निर्देशन र अनुगमनका लागि क्षेत्रीय निर्देशनालयलाई लेखि पठाउने भनिएको थियो । सोही अनुसार विभागले कार्य अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया