Edukhabar
विहीबार, १२ भदौ २०८२
खबर/फिचर

शिक्षा आयोगलाई 'कथित'को संज्ञा, जालझेल नगर्न सचेत

विहीबार, १३ पुस २०७४

काठमाडौं - शिक्षा ऐनको नवौं संशोधनको विरोध गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगबाट राजिनामा गरेका शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले आयोगलाई 'कथित'को संज्ञा दिदैं जालझेल नगर्न सचेत गराएका छन् ।

गत पुस ४ गते आयोगको विज्ञ समूहले बुझाएको प्रतिवेदनको मस्यौदामा आफ्नो नाम समेत समाबेश भएकोमा उनले आक्रोश ब्यक्त गर्दै आफू उक्त आयोगमा नभएकोले सो समूहको विचारमा आफ्नो कुनै पनि संलग्नता नभएको कुरा पुन: स्मरण गराएको जनाएका छन् ।

आयोगका सदस्य सचिवलाई सम्बोधन गरेर पठाईएको स्मरण पत्रमा आयोगको कुनै पनि बैठकमा समावेश नभएको अवस्थामा ड्राफ्टको रूपमा तयार पारेको भनिएको सिफारिसमा आफ्नो समेत नाम राख्ने कार्य प्रति वाग्लेले आपत्ति जनाएका  छन् । आयोगले गरेको सिफारिसमा आफ्नो सहमति समेत नरहेको हुँदा आइन्दा यस प्रकारको जालझेलपूर्ण कार्य नगर्न उनले आयोगलाई सचेत समेत गराएका छन् ।

'शिक्षा नवौं संसोधन ऐन जारी भएपछि त्यस्तो “राष्ट्रघाती ऐन“को मलजल गर्ने अधिकांश व्यक्ति सम्मिलित कथित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा बसेर सहयोग गर्न सक्ने अवस्था नरहेकोले सार्वजनिक रूपमै अलग रहेको घोषणा मैले गरेको हूँ' उक्त पत्रमा भनिएको छ, 'सार्वजनिक शिक्षालाई मृत्यु शैयामा धकेल्दै जारी भएको नवौं शिक्षा संशोधन ऐन र फेरि सार्वजनिक शिक्षाकै दुहाई दिंदै त्यसको उत्थानको लागि भनेर उही पद र हैसियतका मान्छेको संलग्नता भएको आयोग आफैंमा विवादास्पद छ ।'

यस्तो आयोगमा बसेर काम गर्नु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु सरह भएको ठहर  गर्दै वाग्लेले पुन स्मरण गराएको जनाएका छन् ।

आयोगको विज्ञ समूहले प्रतिवेदन बुझाउनु अघि नै वाग्लेकै अगुवाईमा सार्वजनिक शिक्षाका पक्षमा कृयाशिल विभिन्न ३ सय भन्दा धेरै संस्थाका तर्फबाट तयार प्रतिवेदन आयोगलाई हस्तान्तरण गरिएको थियो  

यो पनि पढ्नुहोस् : 'जबरजस्ती' शिक्षाविद्को नाम !

शत प्रतिशत अंक पाउने व्यक्ति मात्रै शिक्षक, बहालवालालाई दुई विकल्प

निजी र सार्वजनिक विद्यालय एक अर्काका पूरक, निजीका शिक्षकलाई समान मान्यताको सुझाव

प्रतिक्रिया