Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेप

मंगलबार, १८ पुस २०७४

काठमाडौं - नेकपा एमाले निकट विद्यार्थी संगठनले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस हानेर तितरवितर बनाएको छ । त्रिचन्द्र क्याम्पस अघिल्तिर अनेरास्ववियुका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्याँस हानेको हो । प्रहरीसँग भएको झडपमा संगठनका उपाध्यक्ष महेश बर्तौला घाईते भएका छन् ।  अन्य केही विद्यार्थी पनि घाइते भएको सचिव आरसी लामिछानेले जानकारी दिए ।

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्रीले जनमतको कदर नगरी सत्तामै बसिरहेको तथा मंगलबार मात्रै सरकारले ईन्धनमा गरेको मूल्य वृद्धिको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेर प्रहरीले आन्दोलन भड्काएको लामिछानेले आरोप लगाए ।

'हामी विरोधका लागि सडकमा आएका थियौं, अकस्मात प्रहरीले हस्तक्षेप गर्यो' उनले भने, 'यसले हामीलाई थप आक्रोसित बनाएको छ ।'

विद्यार्थी आन्दोलनका कारण रत्नपार्क, घण्टाघर, जमल क्षेत्रको ट्राफिक ब्यवस्था अस्तब्यस्त भएको छ । यातायात अवरुद्ध हुँदा जरुरी कामका लागि आवत जावत गर्ने नागरिकले हैरानी पाएका छन् ।

विद्यार्थीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र प्रधानमन्त्री शेरवहादुर देउवा विरुद्ध चर्का नारा लगाएका छन् ।

शैक्षिक मुद्धामा ढिलो गरी प्रतिकृया जनाउने विद्यार्थी संगठनहरु राजनीतिक विषयमा तत्काल विरोधमा उत्रिने भन्दै उनीहरुको आलोचना हुँदै आएको छ ।

फोटो : लामिछाने

प्रतिक्रिया