Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

भौतिकशास्त्री स्टेफन हकिङको निधन

बुधबार, ३० फागुन २०७४

काठमाडौं - भौतिकशास्त्री प्रा. स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइन पछिका प्रखर वैज्ञानिक मानिन्छ ।

उनको परिवारले निकालेको विज्ञप्तिलाई उदृत गर्दै  लण्डनमा उनको निधन भएको वीवीसीले जनाएको छ ।

‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं’ हकिङका छोरा छोरी लुसी, रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उहाँ ठूलो बैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । विज्ञानमा उहाँको योगदानलाई विश्वले सँधै सम्झि रहने छ ।’

हकिङले ग्राभिटेश्नल वेभ्स, क्वान्टम मेकानिक्स तथा जनर रिलेटिभीमा अनुसन्धान गरेका थिए । उनले लेखेको अ ब्रिफ हिस्ट्री अफ टाइम विश्वकै धेरै विक्रि भएको पुस्तक मध्ये एक हो । सन् १९४२ जनवरी ८ मा  बेलायतमा जन्मेका उनले  ब्ल्याक होल र बिग ब्याङ सिद्धान्तका क्षेत्रमा महत्वपूर्ण अनुसन्धान गरेका थिए । क्याम्ब्रिज विश्वविद्यालयमा गणित र भौतिकशास्त्रका प्राध्यापक हकिङ शारीरिक रुपमा अरु सरह हिंडडुल गर्न सक्दैन थिए ।

उनले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपेको भन्दै पृथ्वीको आयु अब १ हजार बर्ष मात्रै रहेको बताउँदै आएका थिए । अर्को बस्न योग्य ग्रह पत्ता लगाएर त्यहाँ मानव जातिलाई जोगाउन सकिने उनको तर्क रहँदै आएको थियो ।

‘मानव जातिको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्ने छैनौं ।’

प्रतिक्रिया