Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

प्रधानन्यायाधीस पदमुक्त, परीक्षा नियन्त्रण कार्यालयको पत्र आधार

बुधबार, ३० फागुन २०७४

काठमाडौं - सर्वोच्च अदालतका प्रधानान्यायाधीस गोपाल पराजुली पद मुक्त भएका छन् । परीक्षा नियन्त्रण कार्यालय भक्तपुर, सानोठिमीले शैक्षिक योग्यताका प्रमाणपत्रमा उल्लेख भएको उमेर खुलाएर पत्राचार गरेसँगै न्याय परिषद्ले पराजुलीलाई पदमुक्त भएको पत्र थमाएको हो ।

'परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा' उक्त निर्णय लिइएको परिषद्को पत्रमा उल्लेख छ ।

कार्यालयले पठाएको चलानी नम्बर ४२४- ०७४ /०७५ को पत्रलाई आधार मानेर परिषद्ले प्रधानन्यायाधीसको ६५ बर्षको उमेर हद गत साउन २१ गते नै पुरा भएको ब्यहोराको पत्र पराजुलीका नाममा काटेको हो ।

'न्याय परिषद सचिवालयले काटेको पत्रमा न्याय परिषद ऐन, २०७३ को दफा ३१ मा कुनै पनि न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्वन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रवधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषदमा सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४ /११/ ३० को च नं. ४२४- ०७४ /०७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा ७ बमोजिम समेत सम्मानीय महोदयको ६५ बर्षको उमेर २०७४/ ४/ २१ मा पुरा भैसकेको देखिन आएकोले आज को सचिवस्तरीय निर्णय अनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँछु' परिषद्का सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख छ ।

पद मुक्त भए पनि दिउँसो पराजुलीले नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको सपथ भने खुवाएका छन् ।

प्रतिक्रिया