ललितपुर - जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले विद्यार्थी र परीक्षा केन्द्रको संवेदनशीलता प्रति खेलवाड गरेका छन् । कक्षा ८ को परीक्षा अनुगमनका नाममा परीक्षा दिईरहेका विद्यार्थी प्रति गैह्र जिम्मेवार हुँदै उनले परीक्षा हलमै पोज पोजको फोटो सेसन गराएका हुन् ।
कक्षा ८ को परीक्षा अनुगमन भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् सगर्व फोटो सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको फोटोमा विद्यार्थीले असहज महशुस गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
यो कार्यलाई ध्यान पूर्वक परीक्षामा तल्लिन विद्यार्थी प्रति गैह्र जिम्मेवारी भएको उनले अनुगमन गरेको भनिएको एक विद्यालयका शिक्षकले गुनासो गरे ।
'जिशिअ साप हुल सहित आउनु भयो, परीक्षा दिईरहेका विद्यार्थीको कक्षा कोठामा पस्नु भयो, यति सम्म त ठिकै थियो, कक्षा कोठामा अघि पछि ओहोर दोहार गरेको फोटो खिचाउन लगाउनु भयो' नाम नबताउने सर्तमा ती शिक्षकले भने, 'हामी त हेरेको हेर्यै भयौं, के भन्ने के नभन्ने, परीक्षामा सामेल भएको विद्यार्थीको मनोविज्ञानमा के असर पर्छ भन्ने समेत हेक्का राखिदिनु भएन ।'
प्रतिक्रिया