Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

प्रदेश सरकारको घोषणा ‘बेटी पढाऊ, बेटी बचाऊ’

मंगलबार, १३ चैत्र २०७४

जनकपुर - २ नम्बर प्रदेश सरकारले बालिका शिक्षालाई महत्व दिदैं मुख्य मन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारको सय दिने कार्ययोजना सार्वजनिक गर्दै उक्त अभियान घोषणा गरेका हुन् । अभियान अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा विमा नीति ल्याउनेछ ।

तत्काल लागू गरिने केही योजना अन्र्तगत उक्त अभियानलाई समावेश गरिएको छ  ।  

डोम, चमार, दुसाध, मुसहर शिक्षा योजना अन्र्तगत छोरा छोरीलाई विद्यालय पठाउने उक्त समुदायको लागि आवश्यक सबै सहयोगको नीति ल्याईने पनि उक्त कार्ययोजनामा उल्लेख छ ।  

प्रदेशलाई शिक्षा हवको रुपमा विकास गर्न तथा मातृ भाषामा शिक्षा लागू गर्न शिक्षा कार्यदल गठन गर्ने र सो कार्यदलले शिक्षामा गुणस्तरीय सुधार गर्न तथा प्राविधिक शिक्षाको विकास गर्नको लागि बुझाएको प्रतिवेदनलाई कानून निर्माणको बखत महत्व दिईने पनि योजनामा उल्लेख छ ।

योजनामा लगानी मैत्री प्रदेशको अवधारणा, खरीद प्रक्रिया तथा जवाफदेही संयन्त्र निर्माण, यातायात, सडक, स्वास्थ्य प्रदेश नीति समेत उल्लेख गरिएको छ । यो कार्य योजनामा रहेका कतिपय विषयहरु १०० दिनमा गर्ने खालको छ भने कतिपय विषयहरु आउने वर्षको वार्षिक कार्य योजनामा राख्ने खालका छन्, त्यस्तै कतिपय विषयहरु प्रदेश सरकारको पञ्चवर्षीय योजनामा सामेल गर्ने योजना छ । कार्ययोजनामा उल्ल्ेख छ ।

पढ्नुहा्ेस् कार्ययोजनाको पूर्ण विवरण :

प्रतिक्रिया