Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

संसदमा अध्यादेश टेबल गर्ने शिक्षा मन्त्रीको निर्णय

बुधबार, १४ चैत्र २०७४

काठमाडौं - यस अघिको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा टेबल गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । विधेयक पास गर्ने तयारी गरेर पनि दलहरूबीच सहमति नभएपछि यस अघिको सरकारले अध्यायदेश जारी गरेको थियो । ऐन सरह कार्यान्वयनमा आएको अध्यादेश संसद सुरु भएको ६० दिन भित्र पास गर्नुपर्ने ब्यवस्था छ । सोही अनुसार उक्त निर्णय गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

विधेयक पास गर्ने प्रयास असफल भए पछि अघिल्लो सरकारले कात्तिक ६ गते  अध्यादेश जारी गरेको थियो । चिकित्सा शिक्षाको बेथिती विरुद्ध सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको माग पुरा गर्न अघिल्लो सरकारले अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशले १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउने लगायत केसीका माग सम्बोधन गरेको छ ।

मन्त्री पोखरेलको उक्त निर्णय संगै अब सरकारले प्रतिस्थापन विधेयक तयारीको छलफल छलफल सुरु गर्ने छ ।

अध्यायदेश कै अनुसार विधेयक पास गर्ने की थपघट गर्ने भन्ने कुरा छलफल र आवश्यकताले निर्धारण गर्ने मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया