भक्तपुर - शिक्षकहरुको क्षमता विकास गर्न भन्दै सूर्यविनायक नगरपालिकाले शिक्षकहरुलाई क्रियाकलापमा आधारित विभिन्न तालिम दिएको छ । संविधानले विद्यालय तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार अन्र्तगत ब्यवस्था गरेसंगै पालिकाले पहिलो चरणमा प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्म अध्यापन गर्ने १६६ शिक्षकहरुलाई लक्षित गरि तालिम शुरु गरेको जनाएको छ ।
जस अन्र्तगत गत २१ गते देखि शुरु भएको पाँच दिने तालिम सकिएको छ भने सात नम्बर वडाका ५ विद्यालयका शिक्षकको सात दिने तालिम यस अघि नै सम्पन्न भएको छ । मंगलबारबाट अरनिको श्रोत केन्द्र अन्र्तगतका विद्यालयहरुका शिक्षकलाई तीन दिने तालिम शुरु गर्ने नगरपालिकाको शिक्षा शाखाकी अधिकृत सविता दंगालले जानकारी दिईन् । विद्यार्थी संख्याको आधारमा हरेक विद्यालयबाट १ देखि ५ जना शिक्षकलाई यस्तो तालिममा सहभागि बनाईएको उनले बताईन् ।
पालिकाले काठमाडौ बल्र्ड स्कुल गुण्डु र ग्राण्ड एकेडेमी, ललितपुरसँग सहकार्य गरेर उक्त तालिम आयोजना गरेको हो । तालिममा अन्तराष्ट्रिय प्रशिक्षकहरु समेत रहेका दंगालले बताईन् ।
शिक्षा नियमावली बनाई नगरपालिकाले यस अघिनै वडाध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थपन समितिहरु निर्माण गर्ने निर्णय चर्चित बनेको थियो । नगरपालिका भित्र रहेका ४० वटा सामुदायिक विद्यालय मध्ये नौ ओटै माध्यमिक विद्यालयहरुमा नगरपालिकाले विद्युतीय हाजिरीको व्यवस्था गरीसकेको छ । जसले गर्दा शिक्षक नियमितता प्रभावकारी भएको नगरपालिकाको दावि छ ।
नगरपालिकाले प्रारम्भिक बाल कक्षादेखि क्रमशः कक्षा १२ सम्म नै अंग्रेजी माध्यमबाट सिकाइ सञ्चालन गर्ने कानुनी व्यवस्था गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले शिक्षाविद्हरुको सहभागितामा शैक्षिक परामर्श र वृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ ।
प्रतिक्रिया