Edukhabar
विहीबार, ०५ भदौ २०८२
खबर/फिचर

नेपालको प्राथामिकतामा अमेरिकाले सघाउने

आइतबार, १६ बैशाख २०७५

काठमाण्डौं - नेपालले तय गरेको शिक्षा सुधारका प्राथमिकताका कार्यमा सघाउने अमेरिकाले प्रतिवद्धता जनाएको छ । नेपालका लागी अमेरीकी राजदुत एलिना टप्लिजले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर उक्त प्रतिवद्धता जनाएकी हुन् ।

उक्त भेटमा मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौंलिक अधिकारको रुपमा गरेको व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुन सक्ने अपेक्षा गरे । राजदुत टप्लिजले दुई देश बिच आपसी सहमती र समन्वयबाट देशको आर्थिक समृद्वीका लागी सहकार्य गर्न तयार रहेको बताएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकन सरकारले नेपालको शिक्षाको क्षेत्रमा गरेको सहयोगको लागी मन्त्री पोखरेलले धन्यवाद दिएका थिए । अमेरिकाले विद्यालय शिक्षा सुधारका लागि यूएसएआईडी मार्फत् सहयोग गर्दै आएको छ ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम, प्रारम्भिक बाल विकास कार्यक्रम लगायतका कार्यक्रमहरुमा अमेरिकाले सहयोगले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याएको मन्त्री पाखरेलले बताए । संविधानको प्रावधान अनुरुप संघीय ढाँचामा अधिकारमा आधारित शिक्षाको व्यवस्थापन र विस्तारका लागी वैदेशिक सहायताको खाँचो रहेको पोखरेलले बताए ।

प्रतिक्रिया