ललितपुर - ललितपुर महानगरपालिकाले निजी विद्यालयले विद्यार्थीलाई दिने छात्रवृत्तिको विवरण बुझाउन निर्देशन दिएको छ । निजी विद्यालयले मनलाग्दी गरेको भन्दै उनीहरुका संगठनको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेकै दिन पालिकाले बैशाख मसान्त भित्र उक्त विवरण बुझाउन निर्देशन दिएको हो ।
निजी विद्यालयहरुले छात्रवृत्ती दिएको दावी गरे पनि लक्षित समूह भन्दा विद्यालय सञ्चालकका चिनजानका र पहुँचवालाका सन्तानले मात्रै पाएको गुनासो छ । उक्त गुनासो सम्बाधेन गर्दै लक्षित वर्गलाई लाभान्वित गर्न विवरण माग गरेको महानगरपालिकाले जनाएको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत जेहेन्दार, विपन्न अपाङ्ग महिला दलित जनन्जाती, द्धन्द्धपीडित र शहीद परिवारका विद्यार्थीलाई वितरण गर्नु पर्ने छात्रवृत्तीको अवस्था यकिन गर्न विवरण मागेको महानगरले जनाएको छ ।
कक्षागत रुपमा विद्यार्थीको नाम र छात्रवृत्तीको किसिम उल्लेख गरी पेश गर्न भनिएको छ । उक्त विवरण सहित वडा प्रतिनिधि, विद्यालय निरीक्षक र श्रोत ब्यक्तिको अनिवार्य उपस्थितीमा छात्रवृत्ती वितरण समितिको बैठकको निर्णय पनि बुझाउन भनिएको छ ।
प्रतिक्रिया