Edukhabar
मंगलबार, १५ बैशाख २०८३
गतिविधि

विगत भन्दा १३ दिन पछि बल्ल शैक्षिक सत्र शुरु

सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि शुन्य भए पनि ठूला भनिएका अधिकाँश निजी विद्यालयहरुमा शैक्षिक कृयाकलाप यस अघि देखि नै शुरु भईसकेका थिए ।

मंगलबार, १५ बैशाख २०८३
विद्यालय जाँदै गरेका बालबालिका [फाईल फोटो]

काठमाडौ - मंगलबार देखि बल्ल नयाँ शैक्षिक सत्र शुरु भएको छ । विगत बर्षहरुमा बैशाख दुई गते देखि शुरु हुने नयाँ शैक्षिक सत्र यस बर्ष १३ दिन ढिलो गरी शुरु गरिएको हो । सोमबार देखि विद्यालयमा भर्ना र २१ गतेबाट नियामित पठनपाठन शुरु गर्ने सरकारको निर्णय छ ।  

वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न भन्दै गरिएको उक्त निर्णयलाई ठूला भनिएका अधिकाँश निजी विद्यालयहरुले शुरुमै खारेज गरिदिएका थिए । चैतको दोश्रो सातामै अघिल्लो शैक्षिक सत्रका कृयाकलाप सकेर विदा दिएका ति विद्यालयहरुमा यस अघि नै भर्ना र पठनपाठन शुरु भईसकेको थियो । निजी विद्यालयहरुले लिदैं आएको कानुन विपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन सरकारले निर्देशन दिए पनि त्यो समेत कार्यान्वयन भएको छैन ।

कतिपय निजी विद्यालयहरुले विद्यार्थीलाई आउट ड्रेसमा बोलाएर पठनपाठन पनि शुरु गरिसकेका थिए । सरकारको उक्त निर्णयले सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि शुन्य भए पनि ठूला भनिएका अधिकाँश निजी विद्यालयहरुमा शैक्षिक कृयाकलाप यस अघि देखि नै शुरु भईसकेका थिए । 

पढ्नुहोस् : सामुदायिक विद्यालयका ढोका बन्द, विद्यार्थी ओसार्दै निजीका गाडी !

सरकारको उक्त निर्णय अव्यवाहारिक भन्दै कतिपय स्थानीय सरकारहरुले पनि पठनपाठन शुरु गर्ने निर्णय गरेका थिए । 

पढ्नुहोस् : शिक्षा मन्त्रालयको निर्देशनको वडा तहबाट पनि अवज्ञा शुरु

दुई संगठनले भने - 'विद्यार्थी भर्ना र पठनपाठन शुरु गर्नु'

शिक्षा मन्त्रालयले भने भन्दा ६ दिन अघि पठनपाठन शुरु गर्ने निर्णय

पालिकाहरुबाट भएका यस्ता निर्णयले शहर केन्द्रित निजी विद्यालयहरु खुले पनि अधिकाँश सामुदायिक विद्यालयका शिक्षकहरुले संघीय सरकारकै निर्णयलाई देखाउँदै शैक्षिक कृयाकलाप शुरु गरेका थिएनन् । 

अमेरिका इरान युद्धले पेट्रोलियम पदार्थको आपूर्तीमा भएको असहजताका कारण साताको दुई दिन सार्वजनिक विदा संगै शैक्षिक सत्र पनि पर धकेल्ने सरकारले निर्णय गरेको थियो । तर, उक्त निर्णयका कारण पाठ्य घण्टा अपुग हुने र बालबालिकाको सिकाइ झन् कमजोर हुने भन्दै सरकारको आलोचना भईरहेको छ । 

प्रतिक्रिया