Edukhabar
शनिबार, ०३ माघ २०८२
खबर/फिचर

शिक्षाप्रणाली युग सुहाउदो नहुँदा युवा शक्ति विदेशिन बाध्य : शिक्षामन्त्री 

आइतबार, २३ फागुन २०७२

काठमाडौँ, २३ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले देशको आवश्यकता र आधुनिक युग सुहाउँदो शिक्षा प्रणाली नहुँदा युवा जनशक्ति विदेसिन बाध्य हुनुपरेको बताएका छन् ।  दाङको देउखुरीमा शनिबार सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको भवन उद्घाटन गर्दै मन्त्री पोख्रेलले अबको शिक्षा बेरोजगार उत्पादन गर्ने नभई गरिखाने हुनुपर्नेमा जोड दिए । 

उनले शिक्षा क्षेत्रलाई बन्द हडताबाट टाढा राख्ने भनिए पनि मधेस आन्दोलनले ५४ दिन विद्यालय बन्द हुनु विडम्बना भएको बताउँदै भूकम्पले ध्वस्त भएको नौ हजार २५३ विद्यालय तत्काल मर्मत गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । 

रिच आउट टु एसिया (रोटा), रिड नेपाल र समुदायको रु एक करोड १० लाखको लगानीमा पुस्तकालय तथा स्रोत केन्द्रको भवनको निर्माण गरिएको हो । भवन बनाउन जनता उच्च मावि गढवाले रु एक करोड ९५ लाख बराबरको पाँच कट्ठा जग्गा सहयोग गरेको छ । 

पुस्तकालयमा सात हजार बढी पुस्तक राखिएको छ । हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पुस्तकालय खुल्ने स्रोत केन्द्रका अध्यक्ष हरि पोख्रेलले बताए । 

रासस 

 

प्रतिक्रिया