Edukhabar
आइतबार, २४ साउन २०८३
अन्तैवाट

शैक्षिक निर्देशिका र ऐन नियम बनाइदैँछ : शिक्षामन्त्री

सोमबार, २४ फागुन २०७२

काठमाडौँ, २४ फागुन । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले संविधान कार्यान्वयनका लागि बौद्धिक आन्दोलनको आवश्यकता भएको बताएका छन् ।  “देशलाई अब परिवर्तन गर्नु जरुरी छ, संविधान बनेको छ, यही संविधानको जगमा उभिएर देशमा परिवर्तन ल्याउन व्यापक बौद्धिक आन्दोलनको खाँचो पर्छ”–उनले भने, “बौद्धिक आन्दोलनलाई सफल बनाउन गाउँ समुदायमा खोलिएका पुस्तकालय नै स्रोत बन्नेछन् ।” 

कालिका सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र बर्दियाको आइतबार उद्घाटन गर्दै उनले देशलाई नयाँ दिशामा लैजान संविधानको कार्यान्वयन अनिवार्य रहेको दाबी गरे । स्वाधीन र समृद्ध राष्ट्र बनाउने संविधानको मुख्य लक्ष रहेको उनको भनाइ थियो । 

शिक्षा मन्त्रालयले संविधानअनुसार शैक्षिक निर्देशिका तथा ऐन नियम निर्माण गर्न लागेको जानकारी दिँदै मन्त्री पोख्रेलले राष्ट्रिय पुस्तक नीति निर्माणको चरणमा रहेको दाबी समेत गरे ।

रासस 

 

प्रतिक्रिया