Edukhabar
आइतबार, ०४ माघ २०८२
खबर/फिचर

प्रधानाध्यापक र अध्यक्ष विरुद्ध अख्तियारको मुद्धा

शुक्रबार, ०५ चैत्र २०७२

काठमाडौं - फर्जि कागजात बनाई अनुदानको रकम हिनामिना गर्ने जनकपुर – १४ स्थित मैथली नमुना प्राथमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालको छ ।

अध्यक्ष प्रदिप कुमार यादव र प्रधानाध्यापक दिनेश कुमार मण्डलले विभिन्न आर्थिक बर्षहरुमा विद्यालयको भौतिक निर्माणका लागि प्राप्त रकम हिनामिना गरेको अख्तियारको दावी छ । उनीहरुले विद्यार्थी संख्या गलत देखाई, फर्जि कागज प्रमाण समेत बनाई सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने कार्य गरेको दावी सहित विशेष अदालतमा मुद्धा हालेको अख्तियारले जनाएको छ ।

उनीहरु दुई जना विरुद्ध एक लाख ५१ हजार एक सय ४६ रुपैंयाको विगो सहित अदालतमा  मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति २०७२ चैत ५ गते

प्रतिक्रिया