Edukhabar
आइतबार, ०४ साउन २०८२
अन्तैवाट

शुल्क नबुझाएका १५ सय विद्यार्थी परीक्षाबाट बञ्चित

शुक्रबार, १९ चैत्र २०७२

काठमाडौँ, १९ चैत्र । सुदूरपश्चिमबाट एसएलसी परीक्षामा सहभागिताको फाराम भरेका १५८७ जना विद्यार्थी  परीक्षा दिनबाट बञ्चित भएका छन्।  विद्यालयमा हाजिर नपुगेका र परीक्षा फाराम भरेर शुल्क नबुझाएका विद्यार्थीलाई अयोग्य ठहर गरिएको हो। परीक्षामा सहभागिताकालागि विद्यालय संचालन भएको दिनको करिब ७० प्रतिशत हाजिर भएको हुनुपर्ने व्यवस्था रहेको छ। 

परीक्षा दिन अयोग्य ठहर्याइएको संख्या सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा रहेको छ। कैलालीमा हाजिर नपुगेका र शुल्क नबुझाएका ४ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित रहेका छन्।

यस्तै कञ्चनपुरमा २ सय ३८, बाजुरामा ८६, बझाङमा १ सय ८७, अछाममा १ सय ९०, डोटीमा १ सय १, दार्चुलामा १ सय ९, बैतडीमा २ सय ९ र डडेल्धुरामा ५८ जना विद्यार्थीलाई सम्बन्धित जिल्ला शिक्षा कार्यालयले अयोग्य ठहर गरेको क्षेत्रीय शिक्षा निर्देशनालयका परीक्षा शाखा अधिकृत पूर्णबहादुर शाहले बताए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया