Edukhabar
शनिबार, २३ साउन २०८३
अन्तैवाट

परीक्षामा चिट चोर्न नपाउँदा ढुंगामुढा !

सोमबार, २२ चैत्र २०७२

काठमाडौँ, २२ चैत्र । मुगुको महाकाली उच्चमावि र रारा क्याम्पसको एसएलसी परीक्षा केन्द्रमा गणित विषयमा चिट चोर्न नपाउँदा विद्यार्थीले ढुंगामुढा गरेका छन्।  चिट चोर्न नपाएपछि उत्तरपुस्तिका बुझाएर बाहिर निस्किएर उनीहरुले चारैतिरबाट ढुंगा हानेका थिए। त्यसक्रममा केही विद्यार्थी र सुरक्षाकर्मी घाइते भएका छन्।  

ढुंगा प्रहार हुन थालेपछि भागाभाग मच्चिएको थियो।  ‘मेहनत गरेर नपढ्ने तर परीक्षामा चिट चोर्न नपाउँदा रिस पोख्ने गलत प्रवृत्ति देखियो, जिल्ला शिक्षा अधिकारी जवाहर हमालले भने।’

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया