Edukhabar
आइतबार, ११ साउन २०८२
अन्तैवाट

मेडिकल कलेजमा राजस्वको छापा

बुधबार, १९ जेठ २०७३

काठमाडौँ, १९ जेठ । वीरगन्ज –१८ भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा राजस्व अनुसन्धान कार्यालयले छापामार मारेको छ। सोमबार राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय पथलैयाका अनुसन्धान अधिकृत मनोज रेग्मीको नेतृत्वमा र सशस्त्र प्रहरी बलका अधिकृत सहितको टोलीले मेडिकल कलेजमा छापामारी गरेको हो।

छापामारीको क्रममा आवश्यक अनुसन्धानका लागि कलेजको लेखा सम्बन्धी फाइल, रजिष्टर र अरु कागजात छापा टोलीले लगेको छ । ुहाम्रो नियमित कार्यकै सिलसिलामा आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान अधिकृतको नेतृत्वमा टोली त्यहाँ पुगेको थियो,ु राजश्व अनुसन्धानको क्षेत्रीय कार्यालयका प्रमुख अनुसन्धान अधिकृत ज्ञानेन्द्रराज ढकालले भने, ुअनुसन्धान गर्ने खालको सूचना आएपछि टोली गएको हो, अहिले अनुसन्धान भइरहेको हुनाले त्यो सूचना के थियो भन्ने बताउन मिलेन।ु

उनले मध्यमाञ्चलभरी महत्वपूर्ण सूचना आउँदा क्षेत्रीय कार्यालयले आवश्यक अनुसन्धान गर्ने उनले बताए। कलेजले भने यसबारे प्रतिक्रिया दिएको छैन् ।

नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया