Edukhabar
शनिबार, २६ बैशाख २०८३
अन्तैवाट

धनकुटा साक्षर जिल्ला घोषणा हुने

विहीबार, ३० असार २०७३

काठमाडौं ३० असार / धनकुटालाई आगामी भदौ महिनाभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका १५ देखि ५९ वर्षभित्रका ९७ प्रतिशत मानिस साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

साक्षर जिल्ला घोषणा हुनका लागि ९५ प्रतिशत मानिस कम्तीमा पनि सामान्य लेखपढ गर्न सक्ने अर्थात् साक्षर हुनुपर्ने भए पनि सोभन्दा बढी सङ्ख्या साक्षर भइसकेकाले भदौभित्रै धनकुटालाई साक्षर जिल्ला घोषणा गरिने जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेलले बताउनुभयो । दुई नगरपालिका र २८ गाविस रहेको धनकुटामा यसअघि अर्खौले, जीतपुर, भेडेटार, फलाँटे, चुङ्वाङ, तेलिया, खोकुलगायत ११ गाविस साक्षर घोषणा भइसकेका छन् ।

विसं २०६८ को जनगणनाअनुसार एक लाख ६१ हजार रहेको धनकुटाको जनसङ्ख्यामध्ये १५ देखि ५९ वर्ष उमेर समूहका मानिसको सङ्ख्या ९५ हजार छ जसमध्ये सामान्य लेखपढ गर्न सक्ने अर्थात् साक्षर मानिसको सङ्ख्या ९२ हजार रहेकाले धनकुटा साक्षर जिल्ला घोषणा योग्य रहेको शिक्षा कार्यालयले जनाएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया