Edukhabar
आइतबार, २७ बैशाख २०८३
जिव्रो

दशैंमा होमवर्क : वाहियात काम लगाउने माष्टर

शनिबार, १५ असोज २०७३

Yograj Dhungana's Profile Photo

Yograj Dhungana

माष्टर कस्ता भने दशैंमा भक्कुमार होमवर्क दिएर घुँडा धसाउन पर्छ भन्नि कस्ता कस्ता वाहियात काम लगाउँथे भने सबै पाठ कापीमा सारेर ल्याउने, जाँचमा गलत लेखेको उत्तर १० पान्ना लेखेर ल्याउने, हालसम्म हिसाबमा सिकेका सबै पाठको “सफ” (रफको उल्टो होला) गरेर ल्याउने । हैट ति काम !! ऐले सोच्छु… कति वाहियात काम लगाउँछन् नेपाली माष्टरहरु। बरु दशैंमा के के गरिस, को कोकोसको समाजमा दशैं गतिबिधि कस्ता भए भन्ने जस्ता क्रियटिभ राइटिङ लेख्न लगाको भए ऐले हजुरहरुले अलि राम्रो भाषा त पढ्न पाउनुहुन्त्यो ...

प्रतिक्रिया