Edukhabar
बुधबार, ०४ भदौ २०८२
खबर/फिचर

स्ववियुको नयाँ निर्वाचन तालिका सार्वजनिक

शुक्रबार, ०६ फागुन २०७३

काठमाडौं - यस अघिको तालिकामा परिवर्तन गर्न विद्यार्थी सँगठनहरु सहमत भएसँगै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि फागुन १४ गते गर्ने तय भएको निर्वाचन १८ गते हुने गरी एक साता लामो  निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

जस अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूची माथि दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तय भएको छ । फागुन १२ गते नै १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गरिनेछ । फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ भने १५ गते दिउँसो १२ बजे सम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुनेछ । १५ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने त्रिवि रेक्टर कार्यालयले सार्वजनिक गरेको छ ।

त्रिवि परिषदको बैठकले १८ गते हुने निर्वाचनको समय भने सम्बन्धित क्याम्पसले नै तय गर्ने गरी ब्यवस्था गरेको छ ।

प्रतिक्रिया