काठमाडौं ३ बैशाख/शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ ।
त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।
मन्त्रालयले चिलीलगाउत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए ,
उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिषामा गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए ।
सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया