Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
खबर/फिचर

नियमावली पारित

बुधबार, २७ बैशाख २०७४

काठमाडौं - विश्वविद्यालय अनुदान आयोग (यूजिसी) को नियमावली पारित भएको छ । मन्त्री परिषद् अन्तर्गतको विधेयक समितिले यूजिसीको नियमावली पारित गरेको शिक्षा मन्त्री धनिराम पौडेलले जानकारी दिए । आयोग गठन भएको २४ बर्षपछि पहिलो पटक नियमावली बनेको हो । सोमवार बसेको समितिको बैठकले ‘शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन सम्बन्धी नियमावली, २०७३’ * लाई स्वीकृत गर्ने निर्णय गरेको शिक्षा मन्त्री पौडेलले बताए ।

विश्वविद्यालय अनुदान आयोग सम्बन्धी ऐन २०५० सालमै बनेको थियो । ऐनको दफा १९ मा ऐनको उद्देश्य पूर्तिको लागि आयोगले आवश्यक नियम वनाउन सक्ने व्यवस्था छ । त्यहि व्यवस्था अन्तर्गत नियमावली निर्माण गरिएको मन्त्री पौडेलले बताए । नेपालको उच्च शिक्षामा अन्तर्राष्ट्रिय मान्यता अनुरुप शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले नियमावली निर्माण गरिएको हो ।

३ वटा परिच्छेद र  १९ बुँदामा समेटिएको नियमावलीमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको नेतृत्वमा ११ सदस्यीय शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् रहने व्यवस्था गरिएको छ । नियमावलीमा परिषद्ले उच्च शिक्षाको गुणस्तर सुनिश्चितका लागि आवश्यक मापदण्ड, मानक तथा सूचकहरु निर्माण गर्ने व्यवस्था छ ।

* सच्याईएको - सं.

प्रतिक्रिया