Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

विद्यालयको छतबाट खसेर कार्यालय सहयोगीको मृत्यु

सोमबार, ०१ जेठ २०७४

काठमाडौं १ जेठ /  विद्यालयको छतबाट लडेर रौतहटमा एक कार्यालय सहयोगीको ज्यान गएको छ । रौतहटको पथरा बुधराम गाविस वडा नम्बर ५ का २६ वर्षीय हिरालाल साह सोनारको विद्यालयको छतबाट लडेर आईतबार राति ज्यान गएको हो । 

उच्च माध्यमिक विद्यालय पथरा बुधरामको भवन निर्माण सामग्रीको सुरक्षाका जिम्मा विद्यालय प्रशासनले सोनारको जिम्मा लगाएको थियो । अत्यधिक गर्मीको कारण शनिबार राति उनी विद्यालयको दोश्रो तल्लाको छतमाथि सुतेका थिए ।

गर्मीको कारण छतमाथि सुतेका उनको शव छतभन्दा करिब २५ फिट तल सडकपेटीमा बनाएको नालामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक सोनारको शव नियनत्रणमा लिएर पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाइएको र घटना बारे गहण रुपमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

नागरिकमा मदन ठाकुरले लेखेका छन् ।
 

प्रतिक्रिया