Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

अझै विद्यालयबाहिर बालबालिका

सोमबार, ०८ जेठ २०७४

काठमाडौं ८ जेठ/ हरेक वर्षझैं यस वर्ष पनि हामी सबैको इच्छा, अनिवार्य र निःशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ सुरु भएको विद्यालय भर्ना अभियान दाङमा पनि सकिएको छ ।
सरकारले विद्यालय जाने उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना हुने शिक्षा नीति बनाएको छ ।
बर्सेनी भर्ना अभियान सञ्चालन गरिँदै आए पनि कयौं बालबालिका अझै शिक्षाबाट बञ्चित छन् । दाङका लमही, घोराही, तुलसीपुर क्षेत्रका होटलमा बालश्रम गरिरहेका बालबालिकाले यसलाई पुष्टि गर्छन् ।
विद्यालय जाने उमेर भए पनि विभिन्न समस्याका कारण बञ्चित विपन्न, अल्पसंख्यक, दलित, अनाथ बालबालिकका लागि सामुदायिक विद्यालयमा निःशुल्क आधारभूत शिक्षाको व्यवस्था गरिएको छ । जिल्ला शिक्षा कार्यालय दाङको तथ्यांक अनुसार गत वर्ष दुई हजार २ सय ८ बालबालिका विद्यालय बाहिर रहेको छ ।
गोरखापत्रका प्रकाशित खबर ।

 

प्रतिक्रिया