Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

अवैध निजी विद्यालय सञ्चालनमा

मंगलबार, ०९ जेठ २०७४

काठमाडौं ९ जेठ/ रुपन्देही सदरमुकाम भैरहवामा अवैध(विनादर्ता) निजी विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालय जनिकै रहेका विद्यालय नै सञ्चालनमा रहेको एक वर्षपछि अवैध रहेको पाइएको हो ।
सिद्धार्थनगर १ अन्नपूर्ण टोलस्थित ब्राइटस्टार इंगलिश स्कुल र सिनपा ८ रानीगाउँमा रहेको प्रभात विद्या मन्दिर नामक दुई विद्यालय दर्ताविनै सञ्चालनमा छन् ।
यी विद्यालयमा झन्डै ६ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षा कार्यालयमा दर्ता नभएका यी विद्यालयले केही वर्षयता मोटो शुल्क असुलेर अध्यापन गराउँदै आएको बताइएको छ ।
लक्ष्मण पोखरेलले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया