Edukhabar
शनिबार, १० माघ २०८२
खबर/फिचर

विद्यालय समायोजनको तयारीमा विभाग

आइतबार, १४ जेठ २०७४

भक्तपुर - शिक्षा विभागले हिमाली जिल्ला तथा उच्च पहाडी क्षेत्रका दश जिल्लाहरुमा सञ्चालित विद्यालयहरु समायोजनको तयारी गरेको छ ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, रसुवा, गोरखा, हुम्ला, डोल्पा, जुम्ला र दार्चुलामा रहेका विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदै गएको भन्दै ती जिल्लाका विद्यालयहरुलाई समायोजन गर्ने तयारी गरिएको विभागले जनाएको छ । जस अन्तर्गत समायोजन हुने विद्यालयहरुको विवरण तथा शैक्षिक कार्ययोजना पेश गर्न जिशिकाहरुलाई निर्देशन दिईएको छ ।

‘आर्थिक वर्ष २०७३÷७४ को स्वीकृत कार्यक्रममा हिमाली जिल्ला तथा उच्च पहाडी क्षेत्रका विद्यालयहरुलाई विगतमा सञ्चालित हिमाली आवासीय छात्रावास रहेका विद्यालयमा आवासीय सुविधा थप गरी समायोजन गर्ने कार्यक्रम रहेकोले त्यस जिल्ला अन्तर्गत सञ्चालित कुन कुन विद्यालयहरुको के कति तह वा विद्यालय कुन कुन हिमाली आवासीय छात्रावास रहेको विद्यालयमा समायोजन गरी आवासीय सुविधा उपलब्ध गराउन सकिन्छ ?’ विभागले दिएको निर्देशनमा उल्लेख छ । विभागले सोबारेमा जेठ २५ गते भित्र जानकारी पठाउन पनि भनेको छ ।

निर्देशनमा शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२ क अनुसार आधारभूत तहको कक्षा ६–८ र माध्यमिक तह कक्षा ९–१२ मा न्यून रहेका विद्यालयको विवरण, तह समायोजन गर्दा उक्त विद्यालयहरुमा रहेका शिक्षक व्यवस्थापन सम्बन्धमा जिशिकाको कार्ययोजनासमेत समावेश गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया