Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

सिटीइभिटीमा वाग्ले

सोमबार, १५ जेठ २०७४

काठमाडौं १५ जेठ/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) मा नौ महिनापछि सदस्यसचिव नियुक्त गरिएको छ ।
सिटीइभिटीकै निर्देशक पुष्परमण वाग्लेलाई सरकारले सदस्यसचिवमा नियुक्त गरेको हो । वाग्ले सिटीइभिटीकै पोलिटेक्निक डिभिजन प्रमुख हुनुहुन्थ्यो ।
सदस्यसचिवको कार्यकाल चार वर्षको हुन्छ । प्राविधिक शिक्षा प्रवद्र्धन गर्न स्थापित एकमात्र सरकारी संस्थामा लामो समयदेखि सदस्यसचिव रिक्त हुँदा थुप्रै नीतिगत निर्णय हुन नसकेको गुनासो सरोकारवालाले गरेका थिए ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
 

प्रतिक्रिया