Edukhabar
सोमबार, ०९ भदौ २०८२
खबर/फिचर

‘गोल्डेन ह्यान्डसेक’ का लागि रु. ९ करोड

सोमबार, १५ जेठ २०७४

काठमाडौं– आन्तरिक प्रतिस्पर्धाको सट्टा गोल्डेन ह्याण्डसेक रोज्ने शिक्षकका लागि रु. ९ करोड चाहिने भएको छ ।

शिक्षा ऐनको आठौं संशोधनले २०७२ असोजभित्र नियुक्ति लिएर कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन ह्याण्डसेकको विकल्पमध्ये गोल्डेन ह्याण्डसेक रोज्ने शिक्षकका लागि रु. ९ करोड खर्च लाग्ने जिल्ला शिक्षा कार्यालय तेह्रथुमले जनाएको छ ।

सो जिल्लाका विभिन्न प्रावि, निमावि र मावि तहमा कार्यरत शिक्षकमध्ये १ सय २४ जना अस्थायी शिक्षकले गोल्डेन ह्याण्डसेकको विकल्प रोजेको जनाउँदै जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले सोको संख्यामा अवकास लिने शिक्षकका लागि ९ करोडको हाराहारीमा खर्च लाग्ने अनुमान गरी विभागमा जानकारी पठाएको बताए ।

‘यहाँका २ सय ८९ अस्थायी शिक्षकमध्ये १ सय २४ जनाले गोल्डेन ह्याण्डसेक रोजेका छन्, तिनीहरुका लागि ९ करोड रुपैयाँ लाग्ने अनुमान शिक्षा कार्यालयले गरेको छ ।’ जिशिअ पोखरेलले भने । उनका अनुसार १ सय ६५ जनाले भने आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा आवेदन भरेका छन् । 

 

प्रतिक्रिया