Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

अपांगतामैत्री विद्यालय बन्दै

बुधबार, १७ जेठ २०७४

काठमाडौं १७ जेठ/ जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपांगता भएका व्यक्तिमैत्री भवन बन्ने भएको छ ।
यस सामुदायिक विद्यालय स्थापना भएको ४८ वर्षपछि नयाँ भवन बन्न लागेको हो । गोकर्णेश्वर नपाका नवनिर्वाचित मेयर सन्तोष चालिसे र नेपाल अपांत संघका अध्यक्ष मोहन महर्जनले सोमबार भवन शिलान्यास गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका महर्जनले संविधान र ऐनमा व्यवस्था भएबमोजिम अपांगतामैत्री भवन संरचना निर्माण गर्न लागिएको बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया