काठमाडौं १८ जेठ / नेपाल शिक्षक महासंघ कालिकोटको अध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष पंखबहादुर शाही निर्वाचित भएका छन् ।
विभिन्न पार्टीमा आस्थावन् शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको पहिलो जिल्ला अभिवेशसनले शाहीलाई सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल शिक्षक महासंघको विधानअनुसार सबैभन्दा बढी सदस्य भएको संगठनले अध्यक्ष हुने प्रावधानअनुसार जिल्लामा पहलिो स्थानमा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको छ ।
महासंघको सहअध्यक्षमा नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता टोपबहादुर शाही, उपाध्यक्षमा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका दुर्गाबहादुर सिँह, समावेशी उपाध्यक्ष अखिल नेपाल शिक्षक संगठनका गंगा खत्री, सचिवमा नेपाल शिक्षक संघका नेता सुरेन्द्रबहादुर शाही लगायत ४१ ज्नाको नयाँ कार्यसमिति चयन भएको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया