Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

गर्मी बढेपछि विद्यालय बन्द

मंगलबार, २३ जेठ २०७४

काठमाडौं २३ जेठ/अत्यधिक गर्मीका कारण बालबालिकालाई पढ्न जान असहज भएपछि कञ्चनपुरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शनिबार सार्वजनिक बिदा हुने भएकोले आगामी आइतबार मात्रै विद्यालय सञ्चालन हुने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले जानकारी दिए ।

२३ गतेदेखि २७ गतेसम्म कञ्चनपुरका सामुदायिक तथा निजी सबै विद्यँलय बन्द हुने भएका हुन् । बर्खे बिदा कटौती हुने गरी अहिले ५ दिनका लागि बिदा दिने निर्णयमा जिशिका पुगेको हो ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया