Edukhabar
शनिबार, ०७ भदौ २०८२
अन्तैवाट

स्थानीय पाठ्यक्रम परिमार्जन

सोमबार, २९ जेठ २०७४

काठमाडौं २९ जेठ/स्थानीय पाठ्यक्रम लाङटाङको सेरोफेरो परिमार्जन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रत्येक पाँच–पाँच वर्षमा मूल्यांकन गरिँदै लगिने प्रावधानअनुसार लाङटाङको सेरोफेरो विषयक पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

जिल्लास्तरीय पाठ्यक्रम समन्वय समिति रसुवाको मंगलबार सदरमुकाम धुन्चेमा बसेको बैठकले स्थानीय पाठ्यक्रम लाङटाङको सेरोफेरो परिमार्जन गर्ने निर्णय गरेको छ । स्थानीय स्तरका लोपोन्मुख प्राकृतिक,समाजिक, आर्थिक एवं ऐतिहासिक सम्पदाहरुका विषयमा अझ बढी खोज, अनुसन्धान गर्दै यसको संरक्षण र सम्वद्र्धनमा लाग्न बालबालिकालाई अभिप्रेरित गराउन पाठ्यक्रम परिमार्जन गरिन लागेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।

नयाँ पत्रिकामा स्थानीय पाठ्यक्रम लाङटाङको सेरोफेरो परिमार्जन शिर्षकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया