Edukhabar
आइतबार, ०८ चैत्र २०८२
अन्तैवाट

सहयोग बढाउन शिक्षामन्त्रीको आग्रह

मंगलबार, ३० जेठ २०७४

काठमाडौं ३० जेठ/शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा सहायता बढाउन अमेरिकासँग आग्रह गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले अमेरिकी राजदूतसँग सोमबार भएको भेटघाटमा नेपालको शिक्षा क्षेत्रमा सहयोग बढाउन आग्रह गरेका हुन् ।

भेटमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोग आगामी दिनमा अझ बढाउन आग्रह गरेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले जानकारी दिए । लम्सालका अनुसार भेटमा पिस्कोर भोलेन्टियर कार्यक्रम शिक्षा क्षेत्रमा पनि परिचालन गर्न शिक्षा मन्त्रालयमा सम्पर्र्क बिन्दू तोक्ने, विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्नेलाई दिइने परामर्श सेवालाई निर्देशिकामा थप व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया