Edukhabar
शनिबार, ०८ बैशाख २०८१
सम्पादकीय

साक्षरता दिवसः एक हप्ताको तामझाम

शुक्रबार, २० भदौ २०७१

सेप्टेम्बर ८ अर्थात् अन्तराष्ट्रिय साक्षरता तथा शिक्षा दिवस । शिक्षा मन्त्रालयले विगत वर्षमाजस्तै यसपाली पनि दिवसको तामझामलाई निरन्तरता दिएको छ । दिवस सुरु हुनु एकसाता अघि र त्यसको केही दिनसम्म यसको चहल पहल कायम रहने छ । र यही बेला देशका करिब १८ लाख नागरिक निरक्षर रहेको तथ्यांक पनि सार्वजानिक भएको छ । सार्वजानिक निरक्षरहरुको तथ्यांकको वैज्ञानिक परीक्षण विश्लेषकहरुले गर्लान् तर औपचारिक र अनौपचारिक शिक्षा मार्फत पछिल्ला केही वर्षमा साक्षरता दर बढेकोमा मन्त्रालय दंग छ । देशका सबै नागरिकलाई साक्षर बनाउने अभियान पक्कै पनि सराहनीय हो र त्यो राज्यको कर्तव्य हो । आम नागरिक साक्षर हुनु देशका लागि गर्वको कुरा पनि हो । ढिलै होस् यसले देशलाई विकासको सूचीमा अगाडि पक्कै लैजान्छ । त्यसका लागि साक्षरता अभियानका हरेक कदमको इमानदारीपूर्वक

प्रतिक्रिया