Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

एनजिओद्वारा विद्यार्थीलाई ‘सास्ती’

मंगलबार, १३ भदौ २०७४

भक्तपुर– अमेरिकी विकास नियोग (युएसआइडी) को आर्थिक सहयोगमा भक्तपुरसहित देशका अन्य ५ जिल्लामा सञ्चालनमा रहेको राष्ट्रिय पठन सीप कार्यक्रम(ईजिआरपी) ले पढाइ मेलाको नाममा विद्यार्थीलाई टन्टलापुर घाममा र्यालीमा सहभागी गराएको छ ।

ईजिआरपी अन्तर्गत प्रारम्भिक कक्षा पढाइका लागि नगरस्तरीय पैरवी तथा चेतनामूलक अभियान अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकाको श्रीकृष्ण माविमा भएको कार्यक्रमलाई सफल बनाउने नाममा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीको ¥याली निकालिएको हो ।

ईजिआरपी कार्यक्रमअन्तर्गत समुदायक परिचालनको मुख्य कार्यभार पाएको स्थानीय सामाजिक संस्थाक रुपान्तर नेपालले आयोजना गरेको सो कार्यक्रमका क्रममा मध्यान्हको समयमा विद्यार्थीलाई आधाघन्टा प्लेकार्ड बोकाएर र्याली गराएका थिए ।

र्यालीको नेतृत्व आयोजकका साथै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले गरेका थिए ।र्यालीको अघिल्तिर मेयर, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यक्रम आयोजक, त्यसपछि विद्यार्थीलाई लाइन लगाइएको थियो । विद्यार्थीछि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधिहरु, टोल पढाइ समूहका प्रतिनीधिहरुलाई लाइन लगाएर र्याली गरेको थियो ।

सोही र्यालीमा मन नलागी नलागी सहभागी भएका श्रीकृष्ण माविको कक्षा ९ मा पढिरहेका कैलाश बास्तोले पढाइ सम्बन्धी मेला भनेर टन्टलापुर घाममा ¥याली गराएकोमा चित्त दुखाए । ‘मन नलागी नलागी आए, भन्ने बेलामा पढौं, पढौं भन्ने अनि, यसरी र्यालीमा सहभागी गराउने ?’ उनको प्रश्न थियो । उनले दिनको दुई बजेदेखि आधाघन्टा ¥यालीमा सहभागी गराएपछि अतिरिक्त गणित विषयको कक्षा छुटेको बताए । वास्तोलामात्र नभएर सोही कक्षाकी चन्दा  र सलिना तामाङले पनि विनाकारण विद्यार्थीलाई सास्ती दिने गरी र्याली गरी आफूहरुलाई सहभागी गराएको बताइन् ।

सोही विद्यालयको कक्षा १० को लेखा विषयको कक्षा नै छोडेर आफूहरु ¥यालीमा आउनुपरेकोमा विद्यार्थीहरुले गुनासो गरेका छन् । ‘सरहरुले नै जानुपर्छ भनेपनि हामी आयौं ।’ विद्यार्थीहरुले एकैश्वरमा भने ।
सो कार्यक्रममा सहभागी हुन आएका शिक्षक अभिभावक संघ, प्रअ, विव्यसका पदाधिकारीले विद्यार्थीको पढाइमा असर पर्ने गरी ¥याली गर्न नहुने सुझाव दिए पनि आयोजकले भने एकछिनको लागि मात्र हो भनी विद्यार्थीको र्याली गराइएको श्रीकृष्ण माविका शिक्षकले बताए ।

प्रतिक्रिया