Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

शिक्षा ऐन विरुद्धको रीटमा दोश्रो पटक पनि सुनुवाई भएन

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं - संवैधानिक ईजलासको बेञ्च बस्न नसक्दा शिक्षा ऐन संशोधन विरुद्ध परेको रीटको दोश्रो पटक पनि सुनुवाई हुन सकेन । न्यायाधिस ओमप्रकाश मिश्र चीन भ्रमणमा गएका कारण शुक्रबारका लागि तोकिएको पेशीमा सुनुवाई हुन नसकेको हो । प्रधानन्यायाधिश गोपाल प्रसाद पराजुली भारत भ्रमणमा गएका कारण गत शुक्रबार तोकिएको पहिलो पटकको पेशी पनि स्थगित भएको थियो । मुद्धाको अर्को पेशी बुधबारलाई तोकिएको छ ।

उक्त ऐनको संशोधन संविधानले गरेको मौलिक हकको प्रतिकूल हुने भन्दै संवैधानिक ईजलासमा मुद्धा दायर गरिएको थियो ।

उक्त ईजलासमा प्रधानन्यायाधिश सहित सर्वोच्चका अन्य ४ जना न्यायाधिस छन् । पराजुली सहित न्यायाधिशहरु दीपकराज जोशी, मिश्र, चोलेन्द्र सम्शेर जवरा र दीपकराज कार्कीको संवैधानिक ईजलास गठन गरिएको छ ।

एक जना मात्रै सदस्य नभएमा ईजलास बस्दैन ।

हरेक शुक्रबार बस्ने संवैधानिक ईजलासको बेञ्च यस पटक उक्त मुद्धाको गम्भिरतालाई ध्यानमा राख्दै बुधबारका लागि तोकिएको हो ।

बिहीबार मात्रै परेको शिक्षा ऐन विरुद्धकै अर्को मुद्धाको पेशी पनि बुधबारलाई नै तोकिएको छ ।

छुट अस्थायी तथा करार शिक्षकहरुले बिहीबार मुद्धा हालेका थिए ।

यी खबर पनि पढ्नुहोस् : शिक्षा ऐन संशोधन विरुद्ध मुद्धा दायर

शिक्षाको कालो दिन

विद्यार्थीले घेरे शिक्षक सेवा आयोग

प्रतिक्रिया