Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति सार्वजनिक

सोमबार, ०७ बैशाख २०७२

काठमाडौं ७ वैशाख / अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष पूर्णबहादुर सिंहको पुस्तक शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति सार्वजनिक भएको छ । विभिन्न ५ खण्डमा विभाजन गरिएको पुस्तकमा नेपालको विद्यार्थी आन्दोलन र शैक्षिक अवस्थाका बारेमा चित्रण गरिएको छ ।

पहिलो खण्डमा शैक्षिक आन्दोलनको चर्चा गरिएको छ भने दोश्रो खण्डमा विद्यार्थी आन्दोलन, तेश्रो खण्डमा राजनीति, चौथो खण्डमा संस्मरण र पाँचौ खण्डमा परिशिष्ट समाबेश गरिएको छ ।

राजनीति संगै शिक्षाको सुधारबाट मात्रै नेपालको परिवर्तन सम्भव भएकोले आफूँ शिक्षा र राजनीतिको मुद्धामा केन्द्रित भएर पुस्तक लेखेको सिंहले बताए । शैक्षिक राजनीतिक परिवर्तनका क्षेत्रमा सकृय हुँदै गर्दा यसलाई एकै ठाउँमा संकलन गरेर पुस्तक तयार गरेको उनले बताए ।

पुस्तक जनशिक्षा मासिकले प्रकाशन गरेको हो । पुस्तक सार्वजनिकीकरण कार्यक्रम अखिल नेपाल लेखक संघले गरेको हो ।
नेकपा माओवादका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोईराला, अभिावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि लगायतले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया