Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

एउटै छातामुनी नर्सरीदेखि पीएचडीसम्म

शुक्रबार, २३ माघ २०७१

काठमाडौं २३ माघ / साउथबेस्टन कलेजले यसै वर्षबाट एउटै छातामुनी नर्सरीदेखि पीएचडी कार्यक्रम सञ्चालनमा ल्याएको घोषणा गरेको छ । कलेजद्धारा आयोजित विज्ञान प्रदर्शनी तथा क्यारियर इन म्यानेजमेन्टको उद्घाटनका अवसरमा कलेजका प्रिन्सिपल डा.राजेन्द्र केसीले उक्त घोषणा गरेका हुन् ।

विद्यार्थीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनु नै मुख्य लक्ष्य भएको बताउँदै उनले नर्सरीदेखि पीएचडीसम्म र आइएसओ प्रमाणपत्र प्राप्त गर्ने कलेज पहिलो भएको दावी गरे । गणुणस्तर र मूल्य मान्यताको शिक्षा उपलब्ध गराउनु नै कलेजको मुख्य उद्देश्य भएको उनले बताए ।

बसुन्धरास्थित कलेज परिसरमा आयोजित पाँचौ विज्ञान प्रदर्शनी तथा क्यारियर इन म्यानेजमेन्टको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्रा.डा.जीवराज पोखरेलले उद्घाटन गरे । त्यस अवसरमा उनले विज्ञान प्रदर्शनीबाट विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको बताए ।

कलेजका भाइस प्रिसिन्पल हरिसिंह केसीले विद्यार्थीको नविनतम आविस्कारलाई सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।
नेपालस्थित अमेरिकी राजदुतावासका प्रेस तथा सूचना अधिकृत इनका स्टोनह्यामले नेपाली विद्यार्थीको विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको प्रदर्शनीबाट आफू प्रभावित भएको बताए ।  शुक्र्रवारसम्म चल्ने प्रदर्शनीको राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययन गर्ने झण्डै दश हजार विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

प्रदर्शनीमा साउथबेस्टन कलेज, गोल्डन गेट कलेज लगायतका राजधानीमा विभिन्न कलेजको सहभागिता छ । हाइडोलिक क्र्रने, प्रेस व्रिज, सोलार ल्लान्ट, इको सिस्टम लगायत  विद्यार्थीका प्रतिभा प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया