Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

ईटाभट्टाका बालबालिकाले पढ्न पाए

सोमबार, १२ माघ २०७१

काठमाडौं १२ माघ / रुपन्देही र सर्लाहीका तीन स्थानका ईटा भट्टामा बालविकास केन्द्र संचालन गरिएको छ । ईटा भट्टामा हजारौं बालबालिका बाल मजदुरका रुपमा कार्यरत छन् । उनीहरुलाई अध्ययनको अवसर उपलब्ध गराउन बालकक्षा संचालन गरिएको ग्लोवल फेयरनेस ईनिसियटिभ (जिएफआई) का कार्यकारी निर्देशक होमराज आचार्यले बताए । व्रिक क्लिन ग्रुप नेपालको संयुक्त प्रयासमा केन्द्र संचालन गरिएको हो । केन्द्र संचालनमा जिएफआई र भट्टा संचालकले आधा–आधा खर्च ब्यय भार गर्ने सहमती भएको छ ।

रुपन्देहीका पी एण्ड पी र सिद्धार्थ ईटा भट्टा र सर्लाहीको लक्ष्मीपुर स्थित न्यु तारा ईटा भट्टामा बालविकास केन्द्र संचालनमा ल्याईएको छ । ईटा भट्टलाई वालमजदुर रहित र बातावरण मैत्रीं बनाउने उद्देश्यले ‘पाईलट प्राजेक्ट’ अन्र्तगत ‘जिएफआई’ ले रुपन्देही, सर्लाही, भक्तपुर र ललितपुरका ५ ईटा भट्टामा कार्यक्रम संचालन गरेको छ ।

अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टन संरक्षक रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्थाले बाल मजदुर उन्मुलन र बातावरण संरक्षण क्षेत्रमा संसारका १२ भन्दा धेरै देशमा यस्ता कार्यक्रम संचालन गरिरहको छ ।

आचार्यका अनुसार आगामी दिनमा ती भट्टामा ‘व्रिज स्कुल र मोवाईल टिचर’ कार्यक्रम संचालन गर्ने योजना छ । जसले गर्दा बालबालिका पढ्नबाट बन्चित हुनु नपर्ने र अभिभावकहरुलाई पनि अतिरिक्त समय खर्चनु नपर्ने उनले बताए ।

आचार्यका अनुसार देशभर ११ सय ६९ ईटा भट्टा संचालनमा छन् । राजधानीका ईटा भट्टामा मोफसलका १९ जिल्लाबाट रोजगारीका लागि श्रमिक आउने गरेका छन् ।

प्रतिक्रिया